2 Kings 22:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मुख्‍य पूजाहारी हिल्‍कियाहकहाँ जाऊ र ढोकामा सेवा गर्ने पूजाहारीहरूले मानिसहरूबाट कति पैसा बटुलेछन्, त्‍यसको हिसाब लिएर आऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “प्रधान पूजाहारी हिल्‍कियाहकहाँ जाऊ, र ढोकेहरूले मानिसहरूबाट ग्रहण गरेका, परमप्रभुको मन्‍दिरमा ल्‍याइएको रुपियाँपैसा तयार राख्‍नू भनी तिनलाई भन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“प्रधान पुजारी हिल्कियाहकहाँ जानू, र तिनलाई ढोकामा खटिएकाहरूले मानिसहरूबाट उठाएका रकम, जुन याहवेहको मन्दिरमा ल्याइएको छ, त्यो तयार राख्न लगाउनू।
Nepali ERV (पवित्र बाइबल)
“प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ। उनलाई भन, मानिसहरूले परमप्रभुको मन्दिरमा चढाएको धन उनले लिनु पर्छ। द्वारपालकहरूले मानिसहरूबाट त्यो धन सग्रह गरेका थिए।