2 Kings 23:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योशियाह राजाले बेन-हिन्‍नोमको बेसीमा भएका मूर्तिपूजकहरूको तोपेत भनिने पूजा-स्‍थल त्‍यहाँ कसैले आफ्‍ना छोरा वा छोरीलाई मोलेख देवताको लागि होमबलि चढाउन नसकोस् भनी अपवित्र गरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोलोखको निम्‍ति कसैले पनि आफ्‍ना छोरा वा छोरीलाई होम गर्न प्रयोग नगरोस्‌ भनी बेन-हिन्‍नोमको बेँसीमा भएको तोपेतलाई तिनले अपवित्र तुल्‍याइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले बेन-हिन्‍नोमको खोल्सामा भएको तोपेतलाई अपवित्र तुल्याइदिए; ताकि कसैले पनि त्यसलाई मोलेखका निम्ति आगोमा आफ्ना छोरा अथवा छोरीलाई बलिदान चढाउनु नपरोस्।
Nepali ERV (पवित्र बाइबल)
तोपेत हिन्नोमको छोराको उपत्यकामा एउटा ठाउँ थियो जहाँ मानिसहरू आफ्ना नानीहरू मार्ने गर्दथे अनि असत्य देवता मोलेकको सम्मानमा तिनीहरूलाई बलि चडाउँने गर्दथे। योशियाहले त्यो ठाउँ भत्काए जसले गर्दा मानिसहरूले त्यो ठाउँ फेरी प्रयोग गर्न नसकुन्।