2 Kings 23:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सूर्यको पूजा गर्न यहूदाका राजाहरूले अर्पण गरेका घोडाका मूर्तिहरू पनि उनले हटाइदिए र त्‍यस पूजामा प्रयोग गरिने रथहरू जलाइदिए। (ती रथ र घोडाहरू मन्‍दिरको आँगनमा मूल-ढोकाछेउ नातान-मेलेक भन्‍ने ठूला अधिकारी बास गर्ने कोठाको नजिकमा राखिन्‍थ्‍यो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका मन्‍दिरको द्वारमा यहूदाका राजाहरूले सूर्यका सम्‍मानको निम्‍ति बसालेका घोड़ाहरू हटाइदिए। तीचाहिँ नातान-मेलेक नाउँका एक जना अधिकृतका कोठा नजिकको चोकमा थिए। तब सूर्यको निम्‍ति समर्पण गरिएका रथहरू योशियाहले जलाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले याहवेहको मन्दिरको प्रवेशद्वारबाट यहूदाका राजाहरूले सूर्यलाई अर्पण गरेका घोडाहरूलाई हटाइदिए। ती नातान-मेलेक नाम भएको एक जना अधिकृतको कोठा नजिक राखिएका थिए। तब योशियाहले सूर्यलाई अर्पण गरिएका रथहरू जलाइदिए।
Nepali ERV (पवित्र बाइबल)
बितेको समयमा यहूदाका राजाहरूले परमप्रभुको मन्दिरको द्वारमा केही घोडा अनि रथहरू राखेका थिए। यो नातान मेलेक नाउँ भएका एक जना महत्वपूर्ण अधिकारीको कोठाको छेऊमा थियो। घोडा अनि रथहरू सूर्य देवताको सम्मानका लागि थिए योशियाहले घोडाहरू हटाए अनि रथहरू जलाए।