2 Kings 23:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएललाई पाप गर्न लाउने नबातको छोरो यारोबाम राजाले बेथेलमा बनाएका पूजा-स्थल पनि योशियाहले ढालिदिए। योशियाहले वेदी ढालिदिए, ढुङ्गाहरू टुक्रा-टुक्रा र धुलोपीठो पारिदिए। उनले अशेराको खम्बा पनि आगोले भस्म गरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएललाई पाप गर्न लाएका नबातका छोरा यारोबामले बनाएका बेथेलमा भएको अल्गो ठाउँ र वेदी पनि तिनले भत्काइदिए। तिनले त्यो अल्गो ठाउँलाई जलाइदिए र त्यसलाई धूलोपीठो पारिदिए, र अशेराको खम्बा पनि जलाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहाँसम्म कि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामले बेथेलमा बनाएको अल्गा देवस्थान, त्यो वेदी र अल्गा देवस्थानलाई समेत तिनले भत्काइदिए। तिनले त्यो अल्गा देवस्थानलाई जलाएर धुलोपिठो पारिदिए; अनि अशेराको खाँबोलाई पनि जलाइदिए।
Nepali ERV (पवित्र बाइबल)
योशियाहले बेतेलमा अग्लो ठाउँ र वेदी पनि भत्काए। नबातका छोरा यारोबामले यो वेदी बनाएका थिए। यारोबामले इस्राएललाई पाप गर्न लगाएका थिए। योशियाहले अग्लो ठाउँ भत्काएर जलाईदिए। योशियाहले ढुङ्गाहरूका वेदी टुक्रा-टुक्रा पारे। त्यसपछि उनले त्यसलाई धूलो पिठो पारे। र उनले अशेरा खाँबोलाई जलाए।