2 Kings 23:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि योशियाहले चारैपट्टि हेरे र डाँडामाथिका कति वटा चिहानहरू देखे र चिहानबाट हड्डीहरू निकाल्‍न लाएर वेदीमाथि जलाएर भस्‍म गर्न लाए। यस प्रकारले धेरैअघि चाडका दिनमा यारोबाम वेदीका छेउमा उभिएका बेलामा अगमवक्ताले भनेअनुसार उनले वेदी अपवित्र गराइदिए। योशियाह राजाले फेरि चारैपट्टि हेरे र त्‍यो अगमवाणी गर्ने अगमवक्ताको चिहान देखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि योशियाहले यताउता हेरे, र जब तिनले डाँड़ाको छेउमा भएका चिहानहरू देखे, तब तिनले ती चिहानहरूबाट हड्डी निकाल्‍न लाए, र त्‍यो वेदी अपवित्र तुल्‍याउनलाई ती हड्डीहरू त्‍यहीँ जलाइदिए। यी कुराको अगमवाणी गरेका परमेश्‍वरका जनद्वारा बोलेको परमप्रभुको वचनबमोजिम तिनले यी काम गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि योशियाहले चारैतिर हेरे। अनि डाँडाको ठाउँमा चिहानहरू देखेपछि तिनले त्यहाँबाट हाडहरू निकाल्न र यी कुराहरूलाई पहिलेबाट नै भनिदिने परमेश्‍वरका जनद्वारा घोषित भएको याहवेहको वचनअनुसार त्यसलाई अपवित्र पार्नलाई वेदीमा जलाइदिए।
Nepali ERV (पवित्र बाइबल)
योशियाहले चारैतिर हेरे र उसले पहाडमा चिहानहरू देखे। उनले मानिसहरू पठाए र तिनीहरूले चिहानहरूबाट हाड निकाले। तब उनले वेदीमाथि हाड जलाए। यसरी योशियाहले वेदीलाई अपवित्र तुल्याए। यो घटना परमेश्वरका जनले भनेको जस्तै भयो। परमेश्वरका जनले यो कुराहरू घोषणा गरे जब यारोबाम वेदीको छेउमा उभिएका थिए। त्यसपछि योशियाहले चारैतिर हेरे र उसले परमप्रभुको मानिसको चिहान देखे।