2 Kings 23:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यसलाई जस्‍ताको त्‍यस्‍तै छोडिदेऊ,” योशियाहले आज्ञा दिए, “तिनका हड्डी नहटाउनू।” र उनका हड्डी हटाइएनन्। सामरियाबाट आएका अगमवक्ताका हड्डीहरू पनि हटाइएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “त्‍यसो भए त्‍यसलाई चाहिँ छोड़िदेओ। तिमीहरू कसैले पनि तिनका हड्डीलाई नचलाओ।” यसैले तिनीहरूले तिनका र सामरियाबाट आएका अगमवक्ताका हड्डीहरूलाई त्‍यसै छोड़िदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भने, “यसलाई यसै छोडिदेऊ। तिनका हाडहरूलाई कसैले नहटाऊन्।” यसकारण तिनीहरूले तिनका हाडहरू र सामरियाबाट आएका अगमवक्ताका हाडहरू त्यसै छोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
योशियाहले भने, “परमेश्वरको जनलाई एक्लै छोडिदेऊ। उनका हड्डीहरू ननिकाल।” यसर्थ तिनीहरूले उनका हड्डीहरू र सामरियाबाट आएका अगमवक्ताहरूका हड्डीहरूलाई छोडिदिए।