2 Kings 23:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका हरेक सहरमा योशियाह राजाले ती सबै मूर्तिपूजकहरूका पूजा-स्‍थलहरू भत्‍काइदिए, जुन इस्राएलका राजाहरूले बनाएर परमप्रभुको क्रोध जगाएका थिए। उनले बेथेलमा जे गरेथे, त्‍यही ती वेदीहरूसित गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसबाहेक इस्राएलका राजाहरूले सामरियाका नगरहरूमा बनाएका अल्‍गा-अल्‍गा ठाउँहरूका सबै पूजा-थानहरू, जसको कारणले परमप्रभुलाई रीस उठाएका हुनाले योशियाहले बेथेलमा गरेझैँ तिनलाई हटाइदिए र दूषित पारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सामरियाका सहरहरूमा भएका अग्ला देवस्थानहरू, जो याहवेहलाई रिस उठाउनलाई इस्राएलका राजाहरूले बनाएका थिए, अल्गा ठाउँका ती सबै देवस्थानहरू पनि योशियाहले हटाए; र बेथेलमा तिनले जस्तो गरेका थिए, त्यसरी नै अपवित्र तुल्याइदिए।
Nepali ERV (पवित्र बाइबल)
योशियाहले सामरीयाका शहरहरूमा भएका अग्ला ठाउँहरूका मन्दिरहरू पनि सबै भत्काए। इस्राएलका राजाहरूले ती मन्दिरहरू बनाएका थिए। र त्यसले परमप्रभुलाई रीस उठायो। योशियाहले बेतेलमा पूजा स्थलहरू भत्काए जस्तै ती मन्दिरहरू भत्काएका थिए।