2 Kings 23:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “मैले इस्राएललाई जे गरें, त्यही यहूदालाई पनि गर्नेछु। यहूदाका मानिसहरूलाई म मेरो नजरबाट धपाउनेछु। यरूशलेम, जुन सहरलाई मैले छानें र यो मन्दिर, जहाँ मेरो आराधना गरिनुपर्छ भनी मैले भनेको थिएँ, ती दुवैलाई इन्कार गर्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले उहाँले भन्नुभयो, “जसरी मैले इस्राएललाई निकालेको थिएँ, त्यसरी नै यहूदालाई पनि म मेरो उपस्थितिबाट निकालिदिनेछु। अनि मैले चुनेको यरूशलेम सहर, र जसको विषयमा मैले त्यहाँ मेरो नाउँ रहनेछ भनी भनेको थिएँ, त्यस मन्दिरलाई म इन्कार गर्नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेहले भन्नुभयो, “मैले इस्राएललाई हटाएझैँ यहूदालाई पनि म आफ्नो उपस्थितिबाट हटाउनेछु। अनि आफूले चुनेको सहर यरूशलेम र यो मन्दिर, जसको विषयमा मैले यसो भनेँ, ‘मेरो नाम त्यहाँ हुनेछ’ म त्याग्नेछु।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “मैले इस्राएलका मानिसहरूलाई ठाउँ छोडन बाध्य (जोड) गराएँ। म यहूदासँग पनि त्यस्तै गर्नेछु। म यहूदालाई मेरो दृष्टिबाट निकालि दिनेछु म यरूशलेमलाई त्याग्नेछु। हो, मैले त्यस शहरलाई रोजें। म यरूशलेममा मन्दिरको बारेमा कुरा गर्दै थिएँ जब मैले भनें, ‘मेरो नाउँ त्यहाँ हुनेछ।’ तर यस मन्दिरलाई म त्यागिदिनेछु।”