2 Kings 23:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी मन्‍दिरका स्‍तम्‍भछेउ उभिएका थिए र म परमप्रभुका आज्ञा मान्‍नेछु, उहाँका नियम र आज्ञाहरू पूरा मन र हृदयले पालन गर्नेछु र पुस्‍तकमा लेखिएको करारअनुसार चाहिएको कुरा पूरा गर्नेछु भनी उनले करार बाँधे। सबै मानिसहरूले करार पूरा गर्ने प्रतिज्ञा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब खम्‍बाको छेउमा उभिएर राजाले परमप्रभुको सामुन्‍ने करारलाई पुनर्स्‍थापना गरे— परमप्रभुलाई पछ्याउन र उहाँका आज्ञाहरू, विधिहरू र उर्दीहरू आफ्‍नो सारा हृदयले र प्राणले पालन गर्न, र यस पुस्‍तकमा लेखिएका करारका वचनहरू पूरा गर्नलाई परमप्रभुका यी कुराहरू तिनले अनुमोदन गरे। त्‍यसपछि सबै मानिसहरूले त्‍यस करारअनुसार हिँड्‌न आफूलाई धितो राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजा खम्बाको छेउमा उभिए, र याहवेहको पछि-पछि हिँड्न, उहाँका आज्ञाहरू, नियमहरू अनि उर्दीहरू आफ्नो सम्पूर्ण हृदय र प्राणले पालन गर्नको लागि याहवेहको उपस्थितिमा करारलाई पूरा गर्ने वाचा गरे। यसरी यस पुस्तकमा लेखिएका करारका कुराहरू पक्‍का गरे। तब सबै मानिसहरूले आफूलाई करारमा प्रतिज्ञावद्ध गराए।
Nepali ERV (पवित्र बाइबल)
राजा खाँबोको छेउमा उभिएर अनि परमप्रभुसित करार गरे। उनले परमप्रभुलाई अनुसरण गर्ने अनि उहाँका आदेशहरू, नियमहरू तथा उहाँका विधिहरू पालनगर्ने वचन दिए। उनले यो सब आत्मा र हृदयका साथ गर्ने वचन दिए। उनले यस पुस्तकमा लेखिएका वचन पालन गर्ने वचन दिए। सबै मानिसहरू राजाले गरेको करारलाई समर्थन गरेको देखाउन उभिए।