2 Kings 23:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका भारदारहरूले उनको लाश रथमा राखे र यरूशलेममा फर्काइल्‍याए। त्‍यहाँ राजाहरू गाडिने चिहानमा उनलाई गाडे। यहूदाका मानिसहरूले योशियाहको छोरो यहोआहाजलाई छानेर राजा अभिषेक गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योशियाहका सेवकहरूले तिनको लाश रथमा हालेर मगिद्दोबाट यरूशलेममा ल्‍याए, र तिनको आफ्‍नै चिहानमा तिनलाई गाड़े। त्‍यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिएर तिनका पिताको सट्टामा राजा अभिषेक गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योशियाहका सेवकहरूले तिनको शरीरलाई मगिद्दोबाट यरूशलेममा ल्याए, र तिनलाई तिनको आफ्नै चिहानमा गाडे। तब देशवासीहरूले योशियाहका छोरा यहोआहाजलाई राज्याभिषेक गरेर तिनलाई आफ्ना पिताको ठाउँमा राजा बनाए।
Nepali ERV (पवित्र बाइबल)
योशियाहका अधिकारीहरूले उनको शरीर रथमा राखे अनि उनलाई मगिद्दोबाट यरूशलेम ल्याए। तिनीहरूले योशियाहलाई उनको आफ्नो चिहानमा गाडे। तब साधारण मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लगे अनि राज्यभिषेक गरे। तिनीहरूले यहोआहाजलाई नयाँ राजा बनाए।