2 Kings 23:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले मन्‍दिरबाट अशेरा देवीको खम्‍बा हटाएर सहरबाहिर किद्रोनको बेसीमा लगे र त्‍यहाँ त्‍यसलाई जलाएर भस्‍म पारे र त्‍यसको खरानीलाई अझै पिसेर धुलोपीठो पारे अनि धुलो जनसाधारणका चिहानमा छरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले परमप्रभुको मन्‍दिरबाट अशेराको खम्‍बा निकालेर यरूशलेमको बाहिर किद्रोन खोल्‍सामा लगेर त्‍यहीँ जलाइदिए, र धूलोपीठो पारे। अनि तिनले त्‍यो साधारण मानिसका चिहानहरूमा छरिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले अशेराको खाँबोलाई याहवेहको मन्दिरबाट निकालेर यरूशलेमको बाहिर किद्रोन खोल्सामा लगेर जलाइदिए, र त्यसलाई कुटेर धुलोपिठो बनाए। अनि त्यसको धुलो साधारण मानिसहरूका चिहानमाथि छरिदिए।
Nepali ERV (पवित्र बाइबल)
योशियाहले परमप्रभुको मन्दिरबाट अश्तारोत देवीको खाँबो हटाए। उनले अश्तारोत खाँबोलाई किद्रोन उपत्यकामा शहर बाहिर लगे अनि त्यसलाई त्यहाँ जलाए। तब उनले डढेको भागलाई धूलो बनाए अनि साधारण मानिसहरूको चिहानमाथि छर्किदिए।