2 Kings 23:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले पुरुष वेश्याहरूका बस्ने घरहरू भत्काइदिए, जो परमप्रभुको मन्दिरभित्र थियो र (जहाँ स्त्रीहरूले अशेराको पूजा गर्दा चलाउने लुगा बुन्ने गर्थे।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले पुरुष वेश्याहरूका बस्ने घरहरू भत्काइदिए, जो परमप्रभुका मन्दिरभित्र थिए र जहाँ स्त्रीहरूले अशेराको निम्ति बुन्ने गर्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको मन्दिरमा आएका देवस्थानका देवदासहरूका घरहरू तिनले भत्काइदिए, जहाँ स्त्रीहरूले अशेराको निम्ति लुगा बुन्ने गर्थे।
Nepali ERV (पवित्र बाइबल)
तब राजा योशियाहले पुरूषगामीहरूको घर भत्काए जो परमप्रभुको मन्दिरमा थियो। आइमाईहरू पनि ती घरहरू प्रयोग गर्दथे अनि असत्य देवी अश्तारोतको सम्मान गर्नका लागि पालको छानो बनाउँने गर्दथे।