2 Kings 23:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका सहर-सहरमा भएका पूजाहारीहरूलाई उनले यरूशलेममा ल्‍याए र सारा देशभरि तिनीहरूले बलि चढाउने गरेका वेदीहरू अपवित्र गरिदिए। सहरका मूल-ढोकाको बायाँपट्टि त्‍यस सहरका बडा-हाकिम यहोशूले बनाएको ढोकाछेउ भएका पशु देवताका नाममा अर्पण गरिएका वेदीहरू पनि उनले भत्‍काइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योशियाहले यहूदाका नगरहरूबाट सबै पूजाहारीहरूलाई निकाले, र उनीहरूले धूप बाल्‍ने गरेका गेबादेखि बेर्शेबासम्‍मका अल्‍गा-अल्‍गा ठाउँमा भएका पूजाथानहरूलाई तिनले अपवित्र तुल्‍याइदिए। तिनले ढोकाका देवता-थानहरू भत्‍काइदिए— सहरका राज्‍यपाल यहोशूको ढोकाको सामुन्‍ने, जो सहरको मूल ढोकाको देब्रेपट्टि छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योशियाहले यहूदाका सहरहरूबाट सबै पुजारीहरूलाई ल्याए; र गेबादेखि बेर्शेबासम्म पुजारीहरूले धूप बालेका अग्ला देवस्थानहरूलाई अपवित्र तुल्याइदिए। तिनले सहरमा राज्यपाल यहोशूको ढोकाको मूर्ति पुज्ने देवस्थानहरू भत्काइदिए, जुन सहरको मूलढोकाको देब्रेपट्टि थियो।
Nepali ERV (पवित्र बाइबल)
योशियाहले यहूदाका शहरहरूबाट सबै पूजाहारीहरूलाई निकाले। उसले ती पूजाहारीहरूले धूप जलाउने उच्च ठाउँहरू गेबादेखि बेर्शेवासम्मलाई अपवित्र तुल्याइदिए। योशियाहले यहोशूको देब्रेपट्टिको द्वार भएको उच्च ठाउँ भत्काइदिए। (यहोशू त्यस शहरको शासक थिए।)