2 Kings 24:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोयाकीम राजा छँदा बेबिलोनका राजा नबूकदनेसरले यहूदियामाथि आक्रमण गरे र तीन वर्षसम्म यहोयाकीमलाई उनको शासनको अधीनमा रहन कर लाग्यो। त्यसपछि उनले विद्रोह गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहोयाकीमको राजकालमा बेबिलोनका राजा नबूकदनेसरले देशलाई आक्रमण गरे, र तीन वर्षसम्म यहोयाकीम उनका अधीनमा रहे। तर तीन वर्षपछि तिनले आफ्नो मन बद्लेर नबूकदनेसरको विरोधमा विद्रोह गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोयाकीमको शासनकालमा बेबिलोनका राजा नबूकदनेसरले देशमाथि आक्रमण गरे। यहोयाकीम तीन वर्षसम्म तिनका अधीनमा रहे। तर पछि तिनले नबूकदनेसरको विरुद्धमा विद्रोह गरे।
Nepali ERV (पवित्र बाइबल)
यहोयाकीमको समयमा बाबेलका राजा नबूकदनेसर यहूदा देश आए। यहोयाकीमले तीन वर्षसम्म नबूकदनेस्सरको सेवा गरे। तब यहोयाकीम नबूकदनेसरको विरोधमा गए अनि उनको शासनबाट स्वतन्त्र भए।