2 Kings 24:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आमा, छोरा, अधिकृत र राजदरबारका सबै भारदारहरू साथमा लिएर राजा यहोयाकीनले बेबिलोनीहरूको हातमा आत्‍मसमर्पण गरे। नबूकदनेसरको शासनकालको आठौँ वर्षमा उनले यहोयाकीनलाई कैद गरेर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका टहलुवाहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले आफू-आफूलाई उनको हातमा सुम्‍पिदिए। बेबिलोनका राजाले आफ्‍नो शासनको आठौँ वर्षमा यहोयाकीनलाई कैद गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, तिनका भारदारहरू र तिनका अधिकृतहरू सबैले तिनको अगि आत्मसमर्पण गरे। बेबिलोनका राजाको शासनको आठौँ वर्षमा तिनले यहोयाकीनलाई कैदी बनाएर लगे।
Nepali ERV (पवित्र बाइबल)
यहोयाकीन यहूदाका राजा बाबेलका राजासँग भेट गर्न बाहिर निस्किए। यहोयाकीनकी आमा, उनका अधिकारीहरू अगुवाहरू तथा वरिस्ट अधिकारीहरू पनि उनीसँग गए। तब बाबेलका राजाले यहोयाकीनलाई पक्रिए। यस्तो नबूकदनेस्सरको शासनको आठौं वर्षमा भयो।