2 Kings 24:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नबूकदनेसरले यहोयाकीनलाई कैद गरे र उनका आमा, स्वास्नीहरू, अधिकृत र यहूदाका अगुवाहरूका साथ बेबिलोनमा लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नबूकदनेसरले यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगे। उनले यरूशलेमबाट राजमाता, तिनका पत्नीहरू, तिनका अधिकारीहरू र देशका अग्रगण्य मानिसहरूलाई यरूशलेमबाट बेबिलोनमा लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नबूकदनेसरले यहोयाकीनलाई कैद गरेर बेबिलोनमा लगे। तिनले यरूशलेमबाट राजाकी आमा, तिनका पत्नीहरू, तिनका अधिकृतहरू र देशका शक्तिशाली मानिसहरूलाई पनि बेबिलोनमा लगे।
Nepali ERV (पवित्र बाइबल)
नबूकदनेसरले यहोयाकीनलाई बन्दी बनाएर बाबेल लगे। नबूकदनेसरले देशका राजाकी आमा, उनकी पत्नीहरू, अधिकारीहरू अनि अगुवा मानिसहरूलाई पनि लगे। नबूकदनेसरले तिनीहरूलाई यरूशलेमबाट बाबेल बन्दीहरूको रूपमा लगे।