2 Kings 24:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा भन्‍नुभएअनुसार बेबिलोन, अरामी, मोआबी र अम्‍मोनी हतियारधारी दलहरूलाई परमप्रभुले यहूदा नाश पार्नलाई यहोयाकीमको विरुद्धमा पठाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिनको विरुद्धमा बेबिलोनी, अरामी, मोआबी र अम्‍मोनीहरूका लूटपीट गर्ने दलहरू पठाउनुभयो। परमप्रभुले आफ्‍ना दास अगमवक्ताहरूद्वारा अगमवाणी गरेअनुसार यहूदालाई नाश गर्न उनीहरूलाई पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिनको विरुद्धमा बेबिलोनी, अरामी, मोआबी र अम्मोनीहरूलाई आफ्ना सेवक अगमवक्ताहरूद्वारा घोषणा गरिएको याहवेहको वचनअनुसार यहूदालाई नाश गर्न पठाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले बाबेली, अरामी, मोआबेली तथा अम्मोनीहरूको दललाई यहोयाकीमको विरोधमा युद्ध गर्न पठाउनुभयो। परमप्रभुले ती दलहरू यहूदालाई नष्ट पार्न पठाउनुभयो। परमप्रभुले भन्नुभए जस्तै यस्तो भयो। परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरू ती कुराहरू भन्न पठाउनुभयो।