2 Kings 24:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रका राजा र सेना फेरि कहिल्‍यै मिश्रबाट निस्‍केनन् किनभने मिश्रका अधीनमा रहेका सम्‍पूर्ण देश अब बेबिलोनका राजाका अधीनमा भएका थिए। यूफ्रेटिस नदीदेखि मिश्रको उत्तरमा मिश्रको खोल्‍सासम्‍म बेबिलोनको अधिकारमा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रदेशका राजा उनको आफ्‍नै देश छोड़ेर फेरि आएनन्, किनभने बेबिलोनका राजाले मिश्रको खोलादेखि लिएर यूफ्रेटिस नदीसम्‍म उनका सबै इलाकाहरू उनीबाट लिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टका राजा आफ्नो देशबाट फेरि बाहिर निस्केर आएनन्। किनकि बेबिलोनका राजाले तिनका सबै प्रान्तहरू इजिप्टको खोल्सादेखि यूफ्रेटिस नदीसम्मै लगिदिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
बाबेलका राजाले मिश्रको नदी देखि लिएर यूफ्रेटिस नदी सम्म सबै जमीन कब्जा गरे। यो जमीन पहिला मिश्रको अधीनमा थियो। यसकारण मिश्रका राजाले मिश्र बढी छोड्न सकेनन्।