2 Kings 25:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गदल्‍याहले तिनीहरूलाई भने, “म तिमीहरूलाई वचन दिन्छु कि तिमीहरूले बेबिलोनका अधिकारीहरूको डर मान्‍ने जरुरत छैन। यस देशमा बास गर, बेबिलोनका राजाको सेवा गर र तिमीहरूको भलो नै हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गदल्‍याहले तिनीहरू र तिनीहरूका मानिसहरूलाई शपथ खाएर आश्‍वासन दिए, र तिनले भने, “बेबिलोनी अधिकारीहरूसँग नडराओ। देशमा बसोबास गर, र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गदल्याहले तिनीहरू र तिनीहरूका मानिसलाई आश्‍वासन दिन शपथ खाए। तिनले भने, “बेबिलोनी अधिकृतहरूसित नडराओ। देशमा बसोबास गरेर बेबिलोनका राजाको सेवा गर, र तिमीहरूलाई भलो हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
गदल्याहले यी अधिकारीहरू तथा उनका मानिसहरूलाई शपथ दिए। गदल्याहले तिनीहरूलाई भने, “बाबेल का अधिकारीहरू सित डरमान्नु पर्दैन। यहाँ बस अनि बाबेलका राजाको सेवा गर। तब तिमीहरूका लागि सबै कुरो ठीक हुनेछ।”