2 Kings 3:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशापात राजाले सोधे, “परमप्रभुको इच्छा बुझ्नलाई के हामी यहाँ कोही अगमवक्तासित सल्लाह लिन सक्छौं?” योराम राजाका सेनाका एक जना अधिकृतले जवाफ दिए, “शाफातको छोरो एलीशा यहाँ छन्। उनी एलियाका चेला थिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यहोशापातले सोधे, “के यहाँ परमप्रभुका कुनै एक जना अगमवक्ता छैनन्, जसद्वारा हामी परमप्रभुलाई सोधपूछ गर्न सक्छौं?” इस्राएलका राजाका अधिकृतहरूमध्येका एक जनाले भने, “शाफातका छोरा एलीशा यहाँ छन्। तिनले एलियाका हातमा पानी हालिदिन्थे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यहोशापातले सोधे, “के यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसद्वारा हामी याहवेहसित सल्लाह लिन सकौँ?” इस्राएलका राजाका एक जना अधिकृतले जवाफ दिए, “शापातका छोरा एलीशा यहाँ छन्। तिनले एलियाका हात धुन पानी खनाइदिने गर्थे। ”
Nepali ERV (पवित्र बाइबल)
तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ताछन् यदि यहाँ छन भने हामी अगमवक्तालाई सोध्नु पर्छ जे परमप्रभु भन्नु हुन्छ हामीले त्यही गर्नु पर्छ।” इस्राएलका राजाका सेवकहरूमध्ये एक जनाले भने, “शापातका छोरा एलीशा यहाँ छन्। एलीशा एलियाका सेवक थिए।”