2 Kings 3:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशाले भने, “सर्वशक्तिमान् जीवित परमप्रभु, जसको म सेवा गर्दछु, उहाँलाई साक्षी राखी म साँच्‍चै भन्‍दछु, यदि मैले यहूदाका राजा यहोशापातको आदर नगर्ने भए म तपाईंलाई एक आँखाले पनि हेर्ने थिइनँ अथवा ख्‍यालै गर्ने थिइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीशाले भने, “सर्वशक्तिमान्‌ परमप्रभु, जसको सेवा म गर्दछु, उहाँका नाउँको शपथ खाएर म भन्‍दछु, यदि मैले यहूदाका राजा यहोशापातको आदर नगर्ने भए म तपाईंलाई एक आँखाले पनि हेर्नेथिइनँ अथवा ख्‍यालै पनि गर्नेथिइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीशाले भने, “मैले सेवा गरेका सेनाहरूका याहवेहलाई साक्षी राखेर भन्दछु, यहूदाका राजा यहोशापातको उपस्थितिप्रति मेरो आदर नभएको भए म तपाईंलाई ध्यान पनि दिने थिइनँ।
Nepali ERV (पवित्र बाइबल)
एलीशाले भने, “यहूदाका राजा यहोशापातको म सम्मान गर्छु अनि म सर्वशक्तिमान परमप्रभुको सेवा गर्दछु। उनी जिउँदै छन् भनेर नै म यहोशापातसँग मात्र भेट्न यहाँ आएँ। म तिम्रो अघि साँचो कुरा भन्छु, यदि यहोशापात यहाँ नभए, म तिमी प्रति ध्यान दिने थिईंन। म सम्पूर्ण रूपमा तिम्रो अवहेलना गर्ने थिएँ।