2 Kings 3:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका सुन्‍दर र सुरक्षित सहरहरू तपाईंहरूले अधीन गर्नुहुनेछ, तिनीहरूका फलका रूखहरू काटी ढाल्‍नुहुनेछ, तिनीहरूका पानीका मुहानहरू बन्‍द गरिदिनुहुनेछ र तिनका मलिला खेतबारीहरूमा ढुङ्गा थुपारेर नष्‍ट पारिदिनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरूले किल्‍ला भएको हरेक सहर र हरेक ठूलो नगरलाई परास्‍त गर्नुहुनेछ। तपाईंहरूले हरेक असल रूखलाई काटेर ढाल्‍नुहुनेछ, र सबै पानीका मूलहरू बन्‍द गरिदिनुहुनेछ, र हरेक असल खेतलाई ढुङ्गाहरूले नष्‍ट पारिदिनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले प्रत्येक सुरक्षित र मुख्य नगरलाई जित्नेछौ। तिमीहरूले प्रत्येक असल रूख काटेर ढाल्नेछौ। सबै पानीका मूलहरू बन्द गरिदिनेछौ। अनि प्रत्येक असल खेतलाई ढुङ्गाहरूले नष्‍ट पारिदिनेछौ।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले प्रत्येक दरिलो शहर अनि प्रत्येक राम्रो शहरमाथि आक्रमण गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो रूख काट्ने छौ। तिमीहरूले सबै पानीको श्रोतहरू बन्द गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो खेतलाई ढुंङ्गाले नष्ट पार्ने छौ जुन तिमीले फ्याँक्ने छौ।”