2 Kings 3:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले बाह्र वर्ष सामरियामा राज्‍य गरे। उनले परमप्रभुको विरुद्धमा पाप गरे। तर उनी आफ्‍ना बुबा वा आफ्‍नी आमाजस्‍ता खराब भएनन्। आफ्‍ना बुबाले बाल-देवताको पूजा गर्न बनाएको मूर्ति उनले ढालिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे, तर तिनका पिता र माताले गरेझैँ त होइन। आफ्‍ना पिताले बनाएको बालको चोखा ढुङ्गालाई तिनले हटाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे, तर तिनका बुबा र तिनकी आमाले गरेकोजस्तो चाहिँ होइन। तिनले आफ्ना पिताले बनाएका बालको चोखो ढुङ्गालाई फ्याँकिदिए।
Nepali ERV (पवित्र बाइबल)
योरामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल कार्य भन्नु भएको थियो। तर योराम आफ्ना पिता र माता जस्ता थिएनन् किनभने उनले ती खाँबाहरू उखाले जसलाई उनका पिताले बालको पूजा गर्नका लागि बनाएका थिए।