2 Kings 3:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन जना राजाहरू हामीमाथि आक्रमण गर्न आएका छन् भनी जब मोआबीहरूले सुने, तब हतियार भिर्न सक्ने बुढा-पाका, युवा सबै पुरुषहरूलाई बोलाउन पठाए र तिनीहरूलाई सिमानामा खडा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसै बीचमा राजाहरू उनीहरूका विरुद्धमा लड़ाइँ गर्न आएका छन् भनी सबै मोआबीहरूले सुने। यसैले हतियार चलाउन सक्ने हरेक जवान र वृद्ध मानिसलाई आह्वान भयो, र तिनीहरू युद्धको निम्ति सिमानामा तैनाथ गरिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोआबीहरूले तिनीहरूको विरुद्धमा लड्न राजाहरू आएका छन् भनी सुने, तब तिनीहरूले हतियार बोक्न सक्ने वृद्ध, जवान, सबै मानिसहरूलाई भेला पारे; र सिमानामा तैनाथ गराए।
Nepali ERV (पवित्र बाइबल)
मोआबका मानिसहरूले सुने, राजाहरू तिनीहरूको विरोधमा लडाइँ गर्न आएका छन्। यसकारण मोआबमा मानिसहरूले ती सबै मानिसहरूलाई जो बूढो भए पनि कवच धारणगर्न सक्थे तिनीहरूलाई जम्मा गरे। तिनीहरूले तयार भएर लडाइँका लागि सीमानामा पर्खिने काम गरे।