2 Kings 3:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलिपल्‍ट बिहानै उठ्दा घामको किरण पानीमा परेको थियो र पानी रगतजस्‍तो रातो देखिन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उनीहरू भोलिपल्‍ट बिहान सबेरै उठे, तब पानीमा घाम लागिरहेको थियो। मोआबीहरूले उनीहरूका सामुको त्‍यो पानी रगतजस्‍तै रातो भएको देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू एकाबिहानै उठे, तब घाम पानीमाथि चम्किरहेको थियो। पारिपट्टि भएका मोआबीहरूले उनीहरूका छेउको त्यो पानी रगतजस्तै रातो देखे।
Nepali ERV (पवित्र बाइबल)
मोआबका मानिसहरू त्यस बिहान सबेरै उठे। उदाउँदै गरेको घाम घाँटीको पानी माथि चम्किरहेको थियो, अनि यो मोआबका मानिसहरूको रगत जस्तो देखिन्थ्यो।