2 Kings 3:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनीहरूका सहरहरू ध्वंस पारे। खेद्दा बाटोमा परेका प्रत्येक मलिला खेतबारीमा सबै इस्राएलीहरूले ढुङ्गा फाल्थे र ढुङ्गा भरिदिन्थे। तिनीहरूले पानीका मुहानहरू पनि बन्द गरिदिए र फलका रूखहरू काटी ढालिदिए। अन्तमा तिनीहरूको राजधानी कीर-हरेशेत मात्र बाँकी रह्यो र घुँयेत्रो हान्नेहरूले त्यसलाई पनि घेरेर हमला गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले सहरहरूलाई सर्वनाश गरे, र सबै मानिसले हरेक असल खेतमा एउटा-एउटा ढुङ्गा फ्याँकेर जमिन जताततै ढुङ्गैढुङ्गाले भरिदिए। तिनीहरूले पानीका सबै मूललाई थुनिदिए, र हरेक असल रूख काटेर ढालिदिए। तिनीहरूले कीर-हरेशेतलाई मात्र त्यसका ढुङ्गाहरूसमेत त्यसकै ठाउँमा छोड़िदिए, तर घुयेँत्राले सुसज्जित भएका मानिसहरूले त्यसलाई पनि घेरा हालेर आक्रमण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले नगरहरू नष्ट गरिदिए; र प्रत्येक असल जमिन ढुङ्गाले भरिदिए। तिनीहरूले प्रत्येक पानीको मूललाई बन्द गरिदिए। अनि प्रत्येक असल रूखलाई काटेर ढालिदिए। कीर-हरेशेतलाई मात्र त्यसका ढुङ्गाहरूसहित त्यसकै गाउँमा छोडिदिए। तर घुयेँत्रोधारी मानिसहरूले त्यसलाई पनि घेरेर आक्रमण गरे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरूले शहरहरू असल पारे। तिनीहरूले मोआबमा प्रत्येक असल खेतमा ढुङ्गा फ्याँके। तिनीहरूले पानीका सबै मुहानहरू बन्दगरे। र तिनीहरूले सबै असल रूख काटेर ढालिदिए। कीरहेरशेत मात्र ढुङ्गाको पर्खालसंग छोडियो। तर घुँयेत्रो हान्ने मानिसहरूले कीरहेरशेतलाई घेरे र त्यसमाथि आक्रमण गरे।