2 Kings 3:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब आफ्नो हार हुँदै छ भनी मोआबका राजाले थाहा पाए, तिनले आफूसित हातमा तरवार लिएका ७०० सैनिक लिए र शत्रुका पङ्क्तिबाट बलजफत छिरेर एदोमका राजाकहाँ भागिजाने चेष्टा गरे; तर तिनी असफल भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मोआबका राजाले अब लड़ाइँ हार्ने रहेछु भनी देखे, तब हतियारले सुसज्जित भएका सात सय मानिसहरूलाई एदोमका राजाकहाँ छिरिजानलाई लगे, तर उनीहरू सफल भएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोआबका राजाले आफूले युद्ध हार्दै गएको देखे, तब तिनले एदोमका राजा भएको ठाउँमा जसरी पनि पुग्नलाई आफूसित सात सय तरवारधारी मानिसहरू लगे; तर तिनीहरू असफल भए।
Nepali ERV (पवित्र बाइबल)
मोआबका राजाले थाह पाए, युद्ध जित्न उनकालागि साह्रै नै मुश्किल छ। यसकारण उनले तरवारसमेत सात सय मानिसहरूलाई एदोमका राजाको हत्या गर्न अनि सेनालाई परास्त गर्न पठाए। तर तिनीहरूले एदोमका राजालाई परास्त गर्न सकेनन्।