2 Kings 3:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले यहूदाका राजा यहोशापातलाई यस्तो खबर गरे, “मोआबका राजाले मेरो विरुद्धमा विद्रोह गर्यो। के त्योसँग लडाइँ गर्न मलाई साथ दिनुहुन्छ?” यहोशापातले जवाफ दिए, “म साथ दिनेछु। म, मेरा सिपाही र घोडाहरू तपाईंका हातमा छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले यहूदाका राजा यहोशापातलाई पनि यो समाचार पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन्। मोआबको विरुद्धमा लड़ाइँ गर्न के तपाईं मसित जानुहुन्छ?” तिनले जवाफ दिए, “म तपाईंसँग जानेछु। म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै र मेरा घोड़ाहरू तपाईंका घोड़ाहरूजस्तै हुन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले यहूदाका राजा यहोशापातकहाँ पनि यसरी खबर पठाए: “मोआबका राजाले मेरो विरुद्धमा विद्रोह गरेका छन्। के तपाईं मलाई मोआबको विरुद्धमा लडाइँ गर्नसाथ दिनुहुन्छ?” तिनले जवाफ दिए, “म तपाईंसित जानेछु। म तपाईंजस्तै हुँ। मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन्।”
Nepali ERV (पवित्र बाइबल)
योरामले यहूदाका राजा यहोशापात कहाँ दूतहरूलाई पठाए। योरामले भने, “मोआबका राजा मेरो विरूद्धमा बागी भएका छन्। के तिमी मोआबको विरूद्धमा लड्न मसँग जाने छौ?” यहोशापातले भने, “अवश्य, म तिमीसँग जानेछु। मेरो मानिसहरू तिम्रा मानिसहरू जस्तै हुनेछन्। र मेरो घोडाहरू तिम्रा घोडाहरू जस्तै हुनेछन्।”