2 Kings 4:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घरको कौसीमा एउटा सानो कोठा बनाएर त्यहाँ एउटा पलङ, मेच, कुर्सी र बत्ती राखिदिऊँ। उनी हाम्रो घर आउँदा त्यहाँ बस्न सक्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कौसीमा तिनको निम्ति हामी एउटा सानो कोठा बनाइदिऔं, र त्यहाँ तिनको निम्ति एउटा ओछ्यान, एउटा टेबिल, एउटा कुर्सी र एउटा बत्ती राखिदिऔं। तब तिनी यहाँ हामीकहाँ आउँदा त्यहीँ नै बस्न सक्छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी कौसीमा एउटा सानो कोठा बनाइदिऔँ। त्यहीँ तिनका निम्ति एउटा पलङ, एउटा टेबुल, एउटा कुर्सी र एउटा बत्ती राखिदिऔँ। जब तिनी हामीकहाँ आउँछन्, तब तिनी त्यहीँ बस्ने गरून्।”
Nepali ERV (पवित्र बाइबल)
एलीशाका लागि छानामाथि एउटा सानो कोठा बनाई दिउँ। त्यस कोठामा एउटा ओछ्यान राखिदिउँ। त्यहाँ एउटा चौकी, एउटा कुर्सि अनि एउटा बत्तीदानी राखिदिउँ। त्यसपछि जब तिनी हाम्रो घरमा आउँछन्, उनले आफ्नो लागि यो कोठा पाउने छन्।”