2 Kings 4:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशाले तिनलाई भने, “आउँदो वर्ष यही समयमा तिम्रो काखमा तिमीले छोरो खेलाउनेछौ।” तिनले भनिन्, “हजुर, होइन, मसित झूट नबोल्नुहोला। तपाईं परमेश्वरको जन हुनुहुन्छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलीशाले भने, “प्राय: यही समय अर्को वर्ष तिम्रो काखमा एउटा छोरो हुनेछ।” तिनले भनिन्, “होइन, होइन, मेरा प्रभु, हे परमेश्वरका जन, आफ्नी दासीलाई नछकाउनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीशाले भने, “आउँदो वर्ष लगभग यही समयमा तिमीले आफ्नो काखमा एउटा छोरा खेलाइरहेकी हुनेछौ।” तिनले भनिन्, “हजुर, होइन, मेरा मालिक, हे परमेश्वरका जन, आफ्नी सेविकालाई भ्रममा नपार्नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
एलीशाले आइमाईलाई भने, “अर्को बसन्तमा यस समय तिमीले आफ्नो छोरालाई अंङ्गालेको हुने छौ।” आइमाईले भनी, “होइन महाशय! परमेश्वरका जन, मसित ढाँट्ने काम नगर्नुहोस्।”