2 Kings 4:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आमाले बालकलाई बोकेर एलीशाको कोठामा लगिन्, उनको पलङमा राखिन् र ढोका बन्द गरेर कोठाबाट निस्किन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती स्त्रीले गएर ठिटालाई माथि परमेश्वरका जनको ओछ्यानमा राखिदिएर ढोका लगाई बाहिर निस्केर गइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती स्त्री माथि गइन्, र उसलाई त्यस परमेश्वरका जनको पलङमा सुताइन्। अनि ढोका थुनिराखेर तिनी बाहिर निस्किन्।
Nepali ERV (पवित्र बाइबल)
आइमाईले बालकलाई एलीशाको ओछ्यानमा सुताई। उसले त्यस कोठाको दैलो बन्द गरी अनि बाहिर गई।