2 Kings 4:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनकहाँ दगुरी जा र तिनी, तिनका लोग्ने र छोरालाई आरामै छ कि छैन, बुझेर आइज।” तिनले गेहजीलाई सबै कुरा ठीकै छ भनिन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दगुरेर गई त्यसलाई भेटेर सोध्, ‘के तपाईंलाई कुशलै छ? के तिम्रा पतिलाई कुशलै छ? के तिम्रो बालकलाई सन्चै छ’?” तिनले भनिन्, “सबै ठीकै छन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दौडेर जा, र तिनलाई सोध्, ‘के तिमी कुशल नै छौ? के तिम्रा पति कुशलै छन्? अनि तिम्रो बालक कुशलै त छ नि?’ ” तिनले भनिन्, “सबै ठिकठाक छ।”
Nepali ERV (पवित्र बाइबल)
उसलाई भन, ‘के भूल भयो? तिमी ठीकठाक त छौ? के तिम्रो लोग्ने ठीक छ? तिम्रो नानी ठीक छ?”‘ गेहजीले शुनैमेली आइमाईलाई सबै कुराहरू सोध्यो। उसले उत्तर दिई, “सबै ठीक ठाक छ।”