2 Kings 4:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एलीशाकहाँ आइपुगेर तिनले ढोग गरिन् र तिनका पाउ समाइन्। गेहजीले तिनलाई हटाउन लागेको थियो तर एलीशाले भने, “छोडी दे! यी स्‍त्री औधी कष्‍टमा छिन्, तैँले देख्‍दैनस्? परमप्रभुले यसबारे त मलाई केही भन्‍नुभएको छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनी डाँड़ामा परमेश्‍वरका जनकहाँ पुगिन्, तब तिनले एलीशाका खुट्टा समातिन्‌। तिनलाई हटाउनलाई गेहजी अगि सरेर आयो, तर परमेश्‍वरका जनले भने, “तिनलाई छोड़िदे! तिनलाई साह्रै ठूलो कष्‍ट परेको छ, तर परमप्रभुले त्‍यो कुरा मबाट लुकाएर मलाई केही भन्‍नुभएको छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पर्वतमा परमेश्‍वरका जनकहाँ पुगेर तिनले उनका पाउमा पक्रिन्। तर तिनलाई हटाउन भनी गेहजी आइपुग्यो तर परमेश्‍वरका जनले भने, “तिनलाई एकलै छोडिदेऊ! तिनी ठूलो कष्‍टमा छिन्। तर याहवेहले यो कुरा मबाट लुकाउनुभएको छ। कारण के हो, सो मलाई बताउनुभएको छैन।”
Nepali ERV (पवित्र बाइबल)
तर शुनैमेली आइमाई परमेश्वरको जनसम्म पर्वतमा चढी, ऊ निहुरी अनि एलीशाको चरण स्पर्श गरी। गेहजी शुनैमेली आइमाईलाई तान्न नजिक आयो। तर परमेश्वरको जन एलीशाले गेहजीलाई भने, “उसलाई एक्लै हुन देऊ! ऊ साह्रै दुःखी छ अनि परमेश्वरले यस बारे केही भन्नु भएन। परमप्रभुले यो खबर म देखि लुकाउनुभयो।”