2 Kings 4:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गेहजीतिर फर्केर एलीशाले भने, “चाँडो गर्‌। मेरो लौरो लिएर दगुरेर जा। बाटोमा कसैलाई भेटिस् भने नमस्‍कार गर्न नपर्खनू र कसैले तँलाई नमस्‍कार गरे, उनलाई उत्तर दिन समय नफाल्‍नू। सिधा यिनको घरमा जानू र बालकको शरीरमाथि मेरो लौरो राखिदिनू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलीशाले गेहजीलाई भने, “तेरो खास्‍टोले कम्‍मर कस्‌। यो मेरो लहुरो लिएर कुदी जा। यदि बाटोमा कसैलाई भेटिस्‌ भने त्‍यसलाई अभिवादन नगर्, र त्‍यसले अभिवादन गर्‍यो भने त्‍यसलाई जवाफ नदे। यो मेरो लहुरो त्‍यस ठिटाको मुखमा राखिदे।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीशाले गेहजीलाई भने, “आफ्नो खास्टो कम्मरमा कस्, र मेरो लहुरो आफ्नो हातमा लिएर दौडी जा। यदि तैँले कसैलाई भेटिस् भने त्यसलाई अभिवादन नगर्नू, र कसैले तँलाई अभिवादन गर्‍यो भने जवाफ नदिनू। गएर मेरो लहुरो त्यस केटाको अनुहारमा राखिदे।”
Nepali ERV (पवित्र बाइबल)
तब एलीशाले गेहजीलाई भने, “जान तयार होऊ। मेरो हिंड्ने लौरो तिमीसित लिएर जाऊ कसैसँग कुरा गर्न नउभिई! यदि कोही मानिससँग भेट भयो भने अभिवादन सम्म नगर्नु यदि कसैले अभिवादन गरे जवाफ नदिनु। मेरो हिंड्ने लौरो नानीको अनुहारमाथि राखिदिनु।”