2 Kings 4:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब बालककी आमाले भनिन्, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण तिनीहरू दुवै एकसाथ फर्केर आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ठिटाकी आमाले भनिन्, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसैले तिनी उठेर ती स्त्रीको पछि लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यस बालककी आमाले भनिन्, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण एलीशा उठेर त्यस स्त्रीको पछि लागे।
Nepali ERV (पवित्र बाइबल)
तर नानीको आमाले भनी, “म शपथ खाएर भन्छु जस्तो परमप्रभु सदा रहनु हुन्छ अनि तपाई हुनुहुन्छ, म तपाईलाई छोडेर जाने छैन।” यसकारण एलीशा उठे अनि शुनैमेली आइमाईको पछि-पछि हिंडे।