2 Kings 4:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशा उठे, कोठामा यताउता हिंडे र फर्केर गई फेरि बालकको शरीरमाथि त्‍यसरी नै पस्रिए। त्‍यसले सात पटक छिउँ काढ्‌यो र आँखा खोल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीशा उठे, र कोठाभित्र यताउता हिँड़े, र फेरि एक पल्‍ट ओछ्यानमा चढ़ेर तिनी त्‍यसमाथि लमतन्‍न परे। तब त्‍यस ठिटाले सात खेप छिउँ काढ़्यो र आँखा खोल्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एलीशा उठे, र कोठामा यताउता हिँडे। अनि फेरि एक पल्ट फर्केर गई त्यस केटोमाथि त्यसरी नै पस्रिए। तब त्यस केटोले सात पल्ट हाच्छिउँ गर्‍यो; अनि त्यसले आफ्ना आँखाहरू खोल्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि एलीशा अलग भए अनि कोठाको वरिपरि हिंडिरहे। तिनी फेरि गए अनि बालकमाथि तबसम्म पल्टिरहे जबसम्म उसले सात पटक हाच्छिउँ गरेन अनि आफ्नो आँखा खोल्दैन।