2 Kings 4:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशाले गेहजीलाई बोलाएर बालककी आमालाई बोलाउन लगाए। तिनी कोठाभित्र आएपछि एलीशाले तिनलाई भने, “तिम्रो छोरो यहाँ छ, लैजाऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलीशाले गेहजीलाई बोलाएर भने, “ती शूनम्मी स्त्रीलाई बोला।” त्यसले तिनलाई बोलायो। ती स्त्री आएपछि एलीशाले भने, “तिम्रो छोरालाई लैजाऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एलीशाले गेहजीलाई बोलाएर भने, “ती शूनम्मी स्त्रीलाई बोला।” अनि त्यसले बोलायो। ती स्त्री आएपछि तिनले भने, “आफ्नो छोरालाई लैजाऊ।”
Nepali ERV (पवित्र बाइबल)
एलीशाले गेहजीलाई बोलाए अनि भने, “शुनैमेली आइमाईलाई बोलाऊ!” गेहजीले शुनैमेमी आइमाईलाई बोलाए अनि ऊ एलीशासामु आई। एलीशाले भने, “तिम्रो छोरालाई उठाऊ।”