2 Kings 4:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक चोटि सारा देशमा अनिकाल पर्दा एलीशा गिलगालमा फर्किगए। एक दल अगमवक्ताहरूलाई शिक्षा दिइरहेको बेला उनले आफ्नो चाकरलाई आगोमा एउटा ठूलो भाँडो राखेर तिनीहरूको निम्ति केही जाउलो बनाउने आज्ञा दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीशा फर्केर गिलगालमा गए, र त्यस इलाकामा अनिकाल परिरहेको थियो। जब अगमवक्ताहरूको दलले तिनलाई भेट गरिरहेका थिए, तब तिनले आफ्नो चाकरलाई भने, “आगोमा ठूलो भाँड़ा राखेर यी मानिसहरूका निम्ति केही जाउलो बना।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन एलीशा गिलगालमा फर्के। अनि त्यस इलाकामा अनिकाल परिरहेको थियो। जब अगमवक्ताहरूका दलले तिनलाई भेट गरिरहेका थिए, तब तिनले आफ्नो सेवकलाई भने, “एउटा ठूलो भाँडा बसाल् र यी मानिसहरूका निम्ति केही भोजन पका।”
Nepali ERV (पवित्र बाइबल)
एलीशा फेरि गिलगाल गए। देशमा अनिकाल थियो। अगमवक्ताहरूको दल एलीशाको अघि बसिरहेका थिए। एलीशाले आफ्नो सेवकलाई भने, “आगोमा ठूलो भाँडो राख अनि अगमवक्ताहरूको दलका लागि केही सिरूवा बनाऊ।”