2 Kings 4:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीमध्ये एक जना सागपात खोज्न खेततिर गए। उनले एउटा जङ्गली लहरा भेट्टाए र आफूले बोक्न सके जति त्यसका फल लिएर आए। ती ल्याएर उनले पातलो टुक्रा गरी काटे र जाउलोमा हाले। त्यो के फल हो भनेर उनलाई थाहा थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूमध्ये एक जनाचाहिँ झारपात खोज्न खेतमा गए, र जङ्गली लहरा भेट्टाए। उनले त्यसका केही लौका पोल्टोभरि टिपेर ल्याए। ती के हुन् भनी कसैले नजानी उनले ती फलहरू काटेर त्यस जाउलोको भाँड़ोमा हाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीमध्ये एक जनाचाहिँ सागपात बटुल्न खेततिर गए। अनि त्यसले एउटा जङ्गली लहरा भेट्टायो। त्यसले त्यसका केही फल पोल्टोभरि लिएर आयो। त्यो फर्किआएपछि त्यसलाई काटेर भोजनको भाँडामा हाल्यो। तर कसैलाई पनि त्यो के हो भनेर थाहा थिएन।
Nepali ERV (पवित्र बाइबल)
एकजना मानिस बाहिर खेतमा साग-पात लिन गए। उसले एउटा जंङ्गली दाख भेट्यो र त्यसबाट केही लौकाहरू टिप्यो। उसले लौकाहरू आफ्नो झोलामा हल्यो र तिनीहरूलाई ल्यायो। उसले जङ्गली लौकाहरूलाई काट-कुट पारे र एउटा भाँडामा हाल्यो। तर अगमवक्ताहरूको दलले कस्तो किसीमको कन्द मुल हो चिनेन्।