2 Kings 4:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाउलो मानिसहरूलाई खान दिइयो; तर त्यो चाखेर तिनीहरूले कराएर एलीशालाई भने, “यसमा विष परेको छ!” तिनीहरूले जाउलो खान सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूले खाऊन् भनी त्यो खन्याइयो, तर जब उनीहरूले त्यो खान लागे, तब उनीहरूले कराएर भने, “हे परमेश्वरका जन, यस भाँड़ामा त मृत्यु पो रहेछ!” अनि उनीहरूले त्यो खान सकेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो भोजन मानिसहरूका निम्ति पस्किइयो, तर तिनीहरूले खान थालेपछि तिनीहरूले चिच्याएर भने, “हे परमेश्वरका जन, भाँडामा त मृत्यु पो रहेछ!” अनि तिनीहरूले त्यो खान सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरूले केही सिरूवा मानिसहरूका लागि खान खन्याए। तर जब तिनीहरूले सिरूवा खानु शुरू गरे, तिनीहरू एलीशासामु चिच्याए, “हे परमेश्वरका जन, भाँडोमा विष छ।” भोजनको स्वाद बिष जस्तो थियो, त्यसकारण तिनीहरूले त्यो भोजन खान सकेनन्।