2 Kings 4:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को पटक बाल-शलीशाबाट एक जना मानिस बीस वटा जौका रोटी र केही भर्खरै मात्र काटेका अन्‍नका बालाहरू लिएर एलीशाकहाँ आयो। ती रोटीहरू त्‍यही वर्ष काटेको पहिलो जौको फसलबाट बनाएका थिए। एलीशाले ती कुराहरू अगमवक्ताका दललाई खान दिन चाकरलाई भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाल-शलीशाको कुनै एक जना मानिसले परमेश्‍वरका जनको निम्‍ति अगौटे अन्‍नका जौका बीस वटा रोटी र केही नयाँ अन्‍नका बालाहरू लिएर आयो। एलीशाले भने, “यी मानिसहरूलाई त्‍यो खान देऊ।” तिनको चाकरले सोध्‍यो, “एक सय मानिसलाई यति मात्र म कसरी खान दिन सक्‍छु र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाल-शालीशाबाट एक जना मानिस अन्‍नको पहिलो फलबाट बनिएका बीस वटा जौका रोटीहरू र नयाँ अन्‍नका बालाहरू परमेश्‍वरको जनको निम्ति लिएर आयो। एलीशाले भने, “यी मानिसहरूलाई ती खानेकुराहरू खान देऊ।”
Nepali ERV (पवित्र बाइबल)
बाल शालीशाहबाट एक जना मानिस आए अनि परमेश्वरको जन (एलीशा)का लागि पहिलो फसलको रोटी ल्‌याए। यस मानिसले 20 वटा जौंका रोटीहरू अनि नयाँ अन्न आफ्नो बोरामा ल्याए, तब एलीशाले भने, “यो भोजन मानिसहरूलाई देऊ, तिनीहरूले खान सकुन्।”