2 Kings 4:43 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर चाकरले उत्तर दियो, “यतिले सय जनालाई खान पुग्‍ला र?” एलीशाले उत्तर दिए, “त्‍यो तिनीहरूलाई खान देऊ किनभने परमप्रभुले भन्‍नुभएको छ कि तिनीहरूले खाइसकेर पनि त्‍यो उब्रनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर एलीशाले जवाफ दिए, “मानिसहरूलाई त्‍यो खान देऊ। किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिनीहरूले खाएर केही उब्रिएको पनि हुनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनका सेवकले सोध्यो, “यो कुरा कसरी मैले एक सय जना मानिसहरूका अगि राखिदिऊँ?” तर एलीशाले भने, “मानिसहरूलाई यो खान दे। किनकि याहवेह यसो भन्‍नुहुन्छ: ‘तिनीहरूले खाएर पनि केही उब्रिएको हुनेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
एलीशाको सेवकले भन्यो, “के भन्नु हुन्छ? यहाँ एक सय जना मानिसहरू छन्। म ती सबै मानिसहरूलाई यो भोजन दिन सक्छु?” तर एलीशाले भने, “मानिसहरूलाई भोजन खान देऊ। परमप्रभु भन्नुहुन्छ, ‘तिनीहरूले खान्छन् अनि अझै पनि भोजन रहने छ।”