2 Kings 4:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो स्‍त्री छोराहरूसित आफ्‍नो घरमा गइन्, ढोका बन्‍द गरिन् र त्‍यो जैतुनको तेलको सानो ढुङ्ग्रो लिएर त्‍यहाँबाट छोराहरूले ल्‍याएका ढुङ्ग्राहरूमा तिनले तेल भर्न थालिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी एलीशाबाट बिदा भइन्, र आफ्‍ना छोराहरूलाई भित्र राखेर ढोका लगाइन्‌। उनीहरूले भुँडुल्‍काहरू ल्‍याए र तिनले ती भर्दैगइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनी त्यहाँबाट गइन्, र आफ्ना छोराहरूसित भित्र पसेपछि ढोका थुनिन्। तिनीहरूले ती भाँडाहरू उनीकहाँ ल्याए, र तिनले तेल भर्न थालिन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण आइमाई एलीशाबाट विदा लिएर आफ्नो घर गई अनि ढोका थुनी। घरभित्र ऊ र उसका छोराहरू मात्र थिए। उसका छोराहरूले उसको नजिक भाँडाहरू ल्याए अनि उसले तेल भरी।