2 Kings 5:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर रिसले झोकिएर नामानले यसो भन्दै हिंडे, “मैले सोचेको थिएँ कि उनी कम-से-कम निस्केर मकहाँ आई परमप्रभु आफ्ना परमेश्वरलाई बिन्ती गरेर मेरो रोग लागेको अङ्गमाथि आफ्नो हात राखेर मलाई निको पार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर नामान रिसाएर यसो भन्दै गइहाले, “मैले सोचेको थिएँ, तिनी बाहिर निस्किआएर परमप्रभु आफ्ना परमेश्वरको नाउँ पुकारेर मेरो रोग भएको ठाउँमाथि हात हल्लाएर मेरो कुष्ठरोग निको पारिदिनेछन् होला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर नामान रिसाएर गए, र तिनले भने, “मैले त तिनी बाहिर निस्केर मकहाँ आएर खडा होलान्। अनि आफ्नो परमेश्वरको नाम पुकारेर त्यस ठाउँमा आफ्नो हात राखेर मलाई मेरो कुष्ठरोगबाट निको पार्लान् भनी सोचेको थिएँ।
Nepali ERV (पवित्र बाइबल)
नामान रिसाए अनि फर्किए। उनले भने, “मैले सोचेको थिएँ एलीशा बाहिर निस्किन्छन् अनि मेरो अघि उभिन्छन् अनि आफ्नो परमप्रभु परमेश्वरलाई आह्वान गर्ने छन्। मैले सोचेको थिएँ, उनले मेरो शरीरमाथि आफ्नो हात हल्लाउने छन् अनि कुष्ठ रोग निको हुनेछ।