2 Kings 5:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका चाकरहरूले उनको छेउमा गई भने, “हजुर, अगमवक्ताले तपाईंलाई केही गाह्रो कुरा गर्नुभएको भए, त्यो तपाईं गर्नुहुनेथ्यो। उनले भनेअनुसार गएर नदीमा डुबुल्की मारी किन निको हुनुहुन्न?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर नामानका नोकरहरूले उनीकहाँ आएर उनलाई भने, “हे पिताज्यू, यदि अगमवक्ताले तपाईंलाई केही ठूलो कुरा गर्नुहोस् भनी भन्नुभएको भए के तपाईं गर्नुहुनेथिएन र? उहाँले तपाईंलाई धोएर शुद्ध हुनुहोस् भन्नुभएकोमा तपाईंले झन् किन नगर्ने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नामानका सेवकहरूले तिनीकहाँ गएर भने, “मेरा पिता, यदि अगमवक्ताले तपाईंलाई कुनै महान् काम गर्न लगाएका भए के तपाईंले त्यो गर्नुहुनेथिएन र? तिनले, ‘नदीमा डुबुल्की मार्नुहोस् र शुद्ध हुनुहोस्’ मात्र भनेका छन्, झन् तपाईंले किन नगर्ने त?”
Nepali ERV (पवित्र बाइबल)
तर नामानको सेवकहरू उनकोमा गए अनि उनीसँग कुरा गरे। उनीहरूले भने, “मालिक, यदि अगमवक्ताले तपाईलाई केही महान कार्य गर्नु भनेको खण्डमा, तपाई गर्नु हुन्छ, होइन र यसकारण तपाईले उनको आज्ञा पालन गर्नु पर्छ यदि उनी तपाईलाई केही सरल काम गर्नु भन्दछन्। अनि उनले भने, ‘नुहाऊ अनि तिमी शुद्ध र स्वच्छ हुनेछौ।”‘