2 Kings 5:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी नामान यर्दनमा गए र एलीशाको आदेशअनुसार सात पटक नदीमा डुबुल्की मारे र पूरा निको भए। उनको शरीर साना बालकको जस्तै स्वस्थ र शुद्ध भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले उनी तल ओर्ले र परमेश्वरका जनले भनेबमोजिम यर्दन नदीमा सात पल्ट स्वयम् डुबुल्की मारे, र उनको मासु ज्यूँका त्यूँ भयो, जवान केटाको जस्तै भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनी तल ओर्लेर परमेश्वरका जनले तिनलाई भनेझैँ यर्दन नदीमा सात पल्ट डुबुल्की मारे। अनि उनको मासु एउटा जवान बालकको जस्तै स्वस्थ र शुद्ध भयो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो।