2 Kings 5:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशाले उत्तर दिए, “जीवित परमप्रभु, जसको म सेवा गर्दछु, उहाँलाई साक्षी राखी म भन्दछु, म केही पनि ग्रहण गर्नेछैनँ।” नामानले उपहार लिन कर लाए तर एलीशा मान्दै मानेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती अगमवक्ताले जवाफ दिए, “जीवित परमप्रभु, जसको सेवा म गर्दछु, उहाँको नाउँमा शपथ खाएर म भन्दछु, म केही पनि ग्रहण गर्नेछैनँ।” त्यो लिनलाई नामानले तिनलाई कर लगाए, तापनि तिनले इन्कार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर अगमवक्ताले जवाफ दिए, “मैले सेवा गरेको जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म केही पनि ग्रहण गर्नेछैनँ।” नामानले बिन्ती गरिरहे; तर तिनले अस्वीकार गरे।
Nepali ERV (पवित्र बाइबल)
तर एलीशाले भने, “म परमप्रभुको सेवा गर्दछु अनि म शपथ खाएर भन्छु, जब परमप्रभु हुनुहुन्छ म कुनै उपहार स्वीकार गर्दिन।” नामानले एलीशालाई उपहार स्वीकार गराउन पुरा चेष्टा गरे स्वीकार गर्नु हुन्न भने, “मेरो निम्ति यति काम गर्नुहवस्।