2 Kings 5:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नामानले भने, “यदि मेरो कोसेली लिनुहुन्‍न भने मलाई दुई खच्‍चरको भारी माटो यहाँबाट लिएर घर जान दिनुहोस् किनभने अबदेखि उसो म परमप्रभुबाहेक अरू कुनै देवतालाई होमबलि र अन्‍य कुनै बलिदान चढाउनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नामानले भने, “यदि तपाईं लिनुहुन्‍न भने, आफ्‍नो दासलाई दुई खच्‍चरको भारी माटो लान दिनुहोस्‌। किनकि अब फेरि कहिल्‍यै हजूरको दासले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई होमबलि र बलिदानहरू चढ़ाउनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब नामानले भने, “यदि तपाईंले लिनुहुन्‍न भने म तपाईंको सेवकलाई एक जोर खच्‍चरले बोक्न सक्ने माटो दिनुहोस्। किनकि तपाईंको सेवकले अब कहिल्यै पनि याहवेहबाहेक अरू कुनै देवी-देवतालाई होमबलि र बलिदानहरू चढाउनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
मेरा खच्चरहरूमा इस्राएलबाट दुइभारी धूलो भर्न दिनुहवस्। किनभने म अरू कुनै परमेश्वरलाई होमबलि अथवा बलिदान चढाउँदिन। म परमप्रभुलाई मात्र बलि चडाउनेछु।