2 Kings 5:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशाका चाकर गेहजीले आफ्‍नो मनमा भन्‍यो, “मेरा मालिकले नामानबाट केही नलिई उनलाई छोडिदिए। उनले दिएको कुरा मालिकले लिनुपर्थ्‍यो। जीवित परमप्रभुलाई साक्षी राखी म यो गरिहाल्‍छु कि म कुदेर गई उनलाई भेटेर उनीबाट केही लिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमेश्‍वरका जन एलीशाको चाकर गेहजीले आफ्‍नो मनमा भन्‍यो, “मेरा मालिकले त यी अरामी नामानलाई उनले ल्‍याएका चीज नलिएर सजिलैसित पठाए। परमप्रभुका जीवनको शपथ खाएर म भन्‍छु, म कुदेर गई उनलाई भेटेर उनीबाट केही लिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परमेश्‍वरका जन एलीशाका सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले अरामी नामानले ल्याएका कुराहरू ग्रहण नगरेर तिनलाई सजिलैसित छोडिदिए। जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म तिनको पछि दौडेर जान्छु, र तिनीबाट केही उपहार लिन्छु।”
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।”