2 Kings 5:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नामानले जवाफ दिए, “कृपा गरी ६,००० चाँदीका टुक्रा लैजाऊ।” उनले चाँदीका टुक्रा दुई वटा थैलोमा बाँधेर त्‍यसलाई ती लिन कर लाए र आफ्‍ना दुई चाकरका हातमा एक-एक जोर असल कपडा पनि दिएर तिनीहरूलाई गेहजीको अघि-अघि पठाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नामानले भने, “निश्‍चय, दुई तोड़ा लैजाऊ न।” उनले गेहजीलाई ती लान ढिपी गरे, अनि उनले ती दुई तोड़ा चाँदी र दुई जोर लुगा दुई वटा थैलामा बाँधिदिए। उनले आफ्‍ना दुई जना नोकरलाई ती दिए, र ती बोकेर उनीहरू गेहजीको अगिअगि हिँड़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नामानले भने, “अवश्य, दुई टालेन्ट लैजाऊ।” तिनले गेहजीलाई ती ग्रहण गर्ने बिन्ती गरे। अनि त्यसपछि दुई वटा थैलामा दुई टालेन्ट चाँदी र दुई जोर लुगा बाँधिदिए। गेहजीले ती आफ्ना दुई जना सेवकहरूलाई दिए, र तिनीहरूले ती गेहजीको अगि-अगि बोकेर हिँडे।
Nepali ERV (पवित्र बाइबल)
नामानले भने, “कृपया दुइ तोडा लैजाऊ!” नामानले गेहजीलाई चाँदी लिनका लागि राजी गराए। नामानले दुइवटा थैलोमा दुइ तोडा चाँदी हाले अनि दुइजोर फेर्ने लुगा लिए। तब नामानले ती चीजहरू आफ्ना दुइ सेवकहरूलाई दिए। सेवकहरूले ती चीजहरू गेहजीसम्म पुर्याए।